काठमाडौं- जारी युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेलको छ।

वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

गोल गर्ने केही अवसर दुबै टोलीले सदुपयोग गर्न नसक्दा खेल गोल रहित बराबरीमा टुंगियो।

खेलको १२ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो।

यो खेलसँगै समूह ‘डी’मा रहेको इंग्ल्यान्डले २ खेलबाट ४ अंक जोडेको छ भने स्कटल्याण्डले एक अंक जोडेको छ। स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग पराजित भएको थियो।
इंग्ल्यान्ड भने समूहको दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई पराजित गरेको थियो।