साउन ६ रामेछाप ।नेकपा एमाले जिल्ला कमिटीले भोलि 43औं पुष्पलाल स्मृति दिवस भब्यताका साथ मनाउने भएको छ। नेपाल कम्युनिस्ट पार्टीको सस्थापक अध्यक्ष पुष्पलालको जन्मस्थल रामेछाप नगरपालिकाको भङ्गेरीमा एमालेले श्रद्धाञ्जली सभा गरि स्मृति दिवस मनाउने रामेछाप जिल्ला कमिटीले जनाएको छ।

         कोरोना कहर चलिरहेता पनि सरकारी मापदण्ड अपनाएर  हरेक बर्ष मनाउदै आएको स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई यो बर्षपनि निरन्तरता दिईने नेकपा एमाले जिल्ला कमिटीले रामेछापले जनाएको छ।
साथै उक्त श्रद्धाञ्जली तथा स्मृति सभामा उपस्थितिहुन  सम्पुर्ण शुभचिन्तक तथा शुभेच्छुकहरुलाई एमालेले अनुरोध गरेको छ।