रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछाप र एमाले नगर संगठन कमिटी रामेछापले रामेछाप नगरपालिकाको भङ्गेरीमा ४३औं पुष्पलाल स्मृति दिवसको अबसरमा श्रद्धाञ्जली तथा माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ।
नेकपा एमालेले पुष्पलाल श्रेष्ठको जन्मस्थल रामेछापको भङ्गेरीमा श्रद्धाञ्जली तथा माल्यार्पण कार्यक्रम गरेको थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनका जन्मदाता तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस का सन्दर्भमा नेकपा एमाले केन्द्रिय सदस्य माधब ढुङ्गेल,रामेछाप पार्टी अध्यक्ष आनन्द श्रेष्ठ ,सचीव पुरुषोत्तम कडरिया,नगर सचीव सुन्दर घिमिरे ,नेकपा रामेछापका अग्रज नेता मुकुन्द कडरिया ,रामेछाप नगर कमिटीका संयोजक डेकबहादुर तामाङ तिनलाल खबर डट कमका संचालक हरिबङ्स कडरिया लगाएत सर्वसाधारण जनताहरुले हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै उहाँको सालिकमा माल्यार्पण गर्नुभएको थियो।
नेपालमा गणतान्त्रिक चेतनाका प्रथम सम्बाहक र लोकतान्त्रिक शक्तिहरुबिच सहकार्यका प्रबर्तक पुष्पलाल श्रेष्ठको विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्म भएको थियो भने २०३५ साल साउन ७ गते उहाँको निधन भएको थियो ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर देश र नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो ।
पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो । उहाँले स्थापना गर्नुभएको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् ।
प्रतिक्रिया