नेकपा एमाले भित्र रहेको आपसी अन्तरद्वन्द्वलाई समाधान गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने बलियो पार्टी निर्माण गर्न नेतृत्व तहमा रहनु भएका नेताहरूलाई एमाले अध्यक्ष आनन्द श्रेष्ठले आह्वान गर्नु भएको छ। पुष्पलाल स्मृति दिवसमा भङ्गेरीमा भएको श्रद्धाञ्जली  कार्यक्रममा श्रेष्ठले आफ्नो मन्तव्य राख्ने क्रममा उक्त कुरा बताएका हुन।

अन्तरबिरोधहरुलाई एक ठाउँमा थातीराख्दै मुलुकको समृद्धितर्फको यात्रालाई ब्यबस्थित तरिकाले अगाडि बढाउन  र समाजवादको यात्रातय गर्नको लागि जिल्ला कमिटीको तर्फबाट श्रेष्ठले सबैलाई आह्वान गरेका छ्न। एमाले एकताको पक्षमा जिल्ला कमिटी सदैब कटिबद्ध भएर लाग्ने बताउदै श्रेष्ठले सबै नेताकार्यकर्तालाई त्यही अनुरुप लाग्न समेत अनुरोध गरेका छन।

पुष्पलालको योगदान सम्झदै श्रेष्ठ भन्छ्न”उहाँ नजन्मनु भएको भए नेपालमा कम्युनिस्ट आन्दोलनको बिजारोपन हुन अझै ढिला हुन्थ्यो ,उहाँले सामन्ती पन्चायती ब्यबस्था उल्मुलन गर्न संचालन गर्नु भएको अभियानले कम्युनिस्ट आन्दोलन अझ बलियो भएको हो।सर्वहारा(कम्युनिस्ट )को पार्टी स्थापना गर्न सस्थापक महासचिव पुष्पलालले पुर्याउन भएको योगदानले हामी उहाँसग सदै ऋणी छौं। उहाँको योगदानलाई नेकपा एमाले पार्टीको माध्यमबाट उहाँले सार्नु भएको बिचार पूरा गर्न ढृड संकल्पित हुदै ,आत्माविस्वासका साथ हामी अगाडि बढ्ने छौं ।”

पार्टी भित्र र देशीविदेशी मुकुन्डोधारीहरु जो कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन चाहादैनथे,ध्वङ्स पार्न चाहन्थे, यसका लागि भएका प्रयत्नहरुले र न्यायलयको अधिक सक्रियताका कारणले एमालेलाई अहिले असहज भएको श्रेष्ठले बताउका छ्न। एमालेलाई यो असहज अबस्थामा पुर्याउन नेतृत्वको रुपमा रहेका नेताहरूले निर्वाह गरि पुर्याउनु भएको भुमिका प्रति जिल्ला कमिटी खेद व्यक्त गर्दै आगामी दिनमा त्यस्को राजनैतिकरुपमा प्रतिवाद गर्ने र न्यायलयबाट भएका न्यायिक निरुपण , अधिक सक्रियताबारे बहस चलाउने श्रेष्ठले बताएका छ्न।