काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भू–उपयोग नीतिलाई कडाइका साथ लागू गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छन्।

शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भू–उपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताइन्।

‘भू–उपयोग नीतिलाई कडाइका साथ लागू गरेर जाने हो भने सायद जग्गाहरु खण्डीकरण गरेर शहरीकरण गर्ने काम भइरहेको छ यसलाई रोक्नुपर्छ। यसलाई कडाइका साथ लागू गरेर कृषिमा जोड दिन जरुरी छ।’