नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा संघ नेपालले “भ्याली युथ फोर्स कमान्ड “घोषणा गर्न निकालिएको मार्चपास र्यालीमा युवा संघ रामेछापले सहभागिता जनाएको छ। राष्ट्रिय युवा संघ नेपाल,रामेछापबाट अध्यक्ष गणेश बज्र लामा ,केन्द्रिय सदस्य मोहन कडरिया लगाएत सयौंको संख्यामा युवाहरू काठमाडौमा भएको मार्चपासमा सहभागी थिए ।
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा काठमाडौंमा भएको “युथफोर्स काठमाडौं भ्याली कमाण्ड” विशेष घोषणा तथा सपथ ग्रहण कार्यक्रम हुनुपुर्व हजारौं युवाको उपस्थितिमा मार्चपास गरिएको थियोे ।
एमाले अध्यक्ष केपि शर्मा ओलि प्रमुख अथिती हुने भनिएतापनि अन्तिम समयमा प्रमुख अथितीको आथित्यकोलागि ईश्वर पोख्रेल आएका थिए। काठमाडौको एक वेनक्वेटमा उक्त कार्यक्रम भइरहेको छ।
“माधव नेपाल देश छोड”,शक्ति पृथकिकरणको रक्षा गरौ-संबैधानिक सर्बोचता कायम गरौं ,आजलाई हैन भोलिलाई -दस बर्ष ओलिलाई,संविधान मिच्न पाईदैन -राष्ट्रघाती गठबन्धन चाइदैन जस्ता नारा लाउदै युवाहरुले मार्चपास गरेका थिए।
प्रतिक्रिया