रामेछापका एमाले नेता तथा कानुन व्यबसायी झम्क कंडेलले पार्टी एकताको संभावना जिवितनै रहेको जनाएका छन ।पार्टी एकता जिवित राख्न कंडेलले पार्टी नेतृत्वलाई  यस्ता सुझाव दिएका छन।

आफूलाई सर्वज्ञानी माहाराजा अरूलाई पटमूर्ख, दास, कमाराकमारी नोकर चाकर ठानी के के न अपराध गरे जसरी आममाफी दिन्छु भन्नुको साटो आ-आफ्नो त्रुटी कमी कमजोरीहरुको निर्मम समिक्षा गरी सहअस्तित्व, सहकार्यको भावले क्षमा लिनु दिनु गरी पार्टी एकता कायम गर ।

म नमरून्जेल मै पार्टी अध्यक्ष र प्रधानमन्त्री भैरहनुपर्छ भन्ने चिन्तन प्रवृति दुबै बडे नेतामा देखियो त्यो त्याग्न जरुरी छ ।

हामी भन्दा पछाडी पनी राम्रा ,सक्षम ,योग्य नेता कार्यकर्ता हरुकोको टिम पार्टीमा कृयाशील छ भन्ने हेक्का राख ।

यो संसारमा सबैले खोजेको न्याय र मर्यादा नै हो, तसर्थ पद र अबसरको बाँड फाँड गर्दा योग्यता , दक्षता, क्षमता, कृयाशीलता, निरन्तरता र इमान्दारीताको कसीमा दांजेर न्यायोचीत बितरण गर ॥

आफनो कमजोरी हरु लुकाउने दोष जती अर्काको टाउकामा थुपार्ने र आफु चोखो देखिने कुसस्कृती को सिकार नबन ॥

आफु र आफ्ना वरिपरीका नातागोता, अरौटे भरौटे, अन्धभक्त,गुटबाज , गुण्डा लफडगाहरूको हित स्वार्थ लाई हेरेर होइन, आफ्नो वर्ग आधार आम नेपाली श्रमजीबी वर्गको हित स्वार्थलाई हेरी राष्ट्रिय हित स्वार्थमा काम गर ।

बैदेशीक खुफिया शक्ती केन्द्रहरूको गोटी नबन, सन्तुलित परराष्ट्र नीति र भाइचारा समबन्धको अबलम्बन गर ।

संकिर्ण मानसिकता, गुटगत संस्कार , कुण्ठाग्रस्त सस्कृती, अभिमान र घमण्डले ठडिएको टाउको , विषवमन गर्ने बोली, अंहकारपुर्ण अभिव्यक्ती सबैलाई तिलान्जली देऊ ।

पार्टी स्थापना हूँदाका ऐतिहासीक कालखण्डका दिनहरूलाई सम्झ, सहकर्मी, सहयोद्धा शहिदहरू र बीर बिरंगनाहरुको सपनालाई संझ, अनि आफ्नो, कुण्ठा, इर्ष्या, जलन छटपटी, महत्वाकांक्षा, दम्भ , घमण्ड अहंकारलाई परित्याग गर , पार्टी एकता संभव छ ।