असाधारण क्षमताका धनी वैज्ञानिक स्टेफन हकिन्स शारीरिकरुमा अशक्त भए पनि ऊनी मनोबैज्ञानिकरुमा शसक्त नभएका भए सायद बिस्वलाई आफ्नो क्षमता देखाएर आफू अब्बल भएको प्रमाणित गर्न सक्दैनथे।स्टेफन”मोटर न्युरन रोगबाट”(जुन रोग लागेपछि शरीरका अङ्गहरुले चेतना गुमाउदछ्न)ग्रसित थिए। एउटा बोझ शरीरसंगको लडाइँ उनले जिते र विस्व वैज्ञानिक जगतमा आफ्नो नाम अनन्त समयसम्म नमेटिनेगरि दर्ज गराए। सायद उनिले आफैले आफुलाई जित्ने उर्जाको मनोबल निर्माण गर्न नसकेका भए आम मानिस जस्तै एक दुई बर्ष बाचेर मृत्युवरण गर्थे ।

कोरोना संक्रमणले रामेछाप खिम्तीका जनतामा त्रास छाईरहेको थियो। मानिसहरुको संक्रमितभई अकालमा ज्यान गुमाउनु पर्नेहोकि भन्ने डरले मनोबल कमजोर हुँदै गईरहेको थियो। हस्पिटल थियो,डाक्टर थिएनन। बिरामी थिए,बेड थिएनन। कोरोना सङ्क्रमण व्यापक हुदैथियोे ।औषधि थिए ,औषधि दिने डाक्टर थिएनन।यस कठिन समयमा भगवान बनेर खिम्ती प्राथमिक स्वास्थय केन्द्र रामेछापमा आईपुगे डाक्टर सुजन कडरिया।

ऊनी डाक्टर हुन उनले उपचार गर्छ्न ।यो सामान्य कुरा हो।हजारौं डाक्टरहरुले अनवरतरुमा बिरामीको सेवापनी गरिरहेका हुन्छ्न । कुनै आस्चर्यजनक काम उनले गरेका त थिएनन तर डाक्टर सुजनले केहिचै पक्कै फरक गरे।उनीले बिरामीहरुलाई मनोबैज्ञानिकरुपमा शसक्त गराए।अस्तब्यत रहेको स्वास्थय चौकीको ब्यबस्थापन कुशलता पुर्वक गरे।अस्पताल ब्यबस्थापनलाई लज्जित बनाईदिए।
अर्थात प्रयोगात्मक शिक्षालिन गएका डाक्टर सुजन कडरिया ब्यबस्थापन समितिको अध्यक्षजस्तै भए। अनि हरेक कोरोना सङ्क्रमित बिरामीहरुलाई हकिन्स जस्तै आफैले आफुलाई जित्ने बनाए र खिम्तीमा एउटा संभाबित डरलाग्दो भयावह घटनाबाट जोगाए।
आफ्नो छोटो कार्यकाल सकिएपछि उनले थप सम्झौता गर्न इन्कार गरिदिए। उनले अन्य कारण नभई आफ्नो थप अध्ययनकोलागि जानुपर्ने बताए र बिदा भए।

उनले डाक्टरी दयामात्र गरेनन ,मानवीय सेवासमेत गरे यसर्थ बिरामीहरु उनलाई बिर्सन सकिरहेका छैनन।सेवाबापत प्राप्त भएको पैसाले आर्थिकरुपले कम्जोर बिरामीको फि तिरिदिए। पछि आउने डाक्टरको सुरक्षार्थ पिपिई सेट किनिदिए। अस्पताल ब्यबस्थापनको काम डाक्टरले गरिदिए। डाक्टरले अस्पताल ब्यबथापनको अध्यक्षको समेत काम गरे।उनी अरु डाक्टरजस्तो डाक्टरमात्र भएनन,एक कुशल ब्यबथापक समेत भए। हरेक बिरामी र जनताको मनमा छाए।

डाक्टर सुजनले खिम्तीका जनताको स्वास्थयलाई जोखिममुक्त राख्न हरेक प्रयत्न गरे। उनको बिदाई कार्यक्रममा बधाईदिनेहरु भनिरहेका थिए “सायद सुजन नभएको भए बर्वादनै हुन्थ्यो। “जे होस करिब बीस बर्षदेखि संचालित भएको स्वास्थय केन्द्रलाई डाक्टर सुजनले काचुली फेरिदिए ,स्थानीय नेतालाई लज्जित हुनुपर्ने बनाएर बिदा भए। जनतालाई तिम्रा जनप्रतिनिधि
कस्ता रहेछ्न हेर ,खबरदारी गर ।बोल्ने मात्र हैन काम गर्न पनि सिकाउ भन्ने पाठ डाक्टर सुजनले सिकाए भलै यो उनको काम थिएन।

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर” छ “का वडाध्यक्ष शिबप्रसाद न्यौपानेले आफ्नो फेसबुक स्टाटस डा.सुजनलाई बिशेष आभार प्रकट गर्दै लेख्छन :
“प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीमा बिगत तीन महिना अगाडिदेखी कार्यरत डा. सुजन कडरियालाइ छोटो समयमा उच्चस्तरको सेवा प्रवाह गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछौ।

त्यस्तै खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष शेर बहादुर खड्कापनि डा.सुजनले कोरोना कहरका बेला त्रसित जनतालाई चिकित्सकले गर्नु पर्ने काम ,भुल्नुनहुने मानवसेवा र कर्तव्यलाई नभुली दिनरात बिरामीको सेवामा तल्लीनभई सेवा प्रदान गरेकोमा आभार प्रकट गर्दैभन्छ्न ” डा.सुजन र उहाँको परिवारलाई म यस अर्थमा धेरै बधाई दिन चाहान्छुकी उहाँ यही गाउँ यही ठाउँमा जन्मेर सेवा गर्ने मौका पाउनु भयो। सिकिस्त भएका बिरामीहरुको मनोबल बढाएर सेवा प्रदान गर्नुभयो ।आर्थिक अभाव भएका बिरामीहरुको आफ्नो खर्चबाट उपचार गर्नुभयो। अल्पबिकसित खिम्तीमा धेरै मानिस कोरोनाको कारण ज्यान गुमाउनु पर्ने असहज परिस्थितिलाई सहजै नियन्त्रणमा लिने वातावरण बनाउनु भएकोमा धेरै धेरै धन्यवाद र उहाँको प्रगतिको कामना गर्दछु।”

स्थानीय बिरामी ,नेता जनताको भनाईअनुसार डाक्टर सुजन खिम्तीमा भगवान बनेर पुगे। सबै डाक्टरहरु डाक्टर सुजनजस्तै मानवीय सेवाले ओतप्रोत हुन सकुन भनेर कामना गरे। खिम्तीबाट डाक्टर सुजन भगवान बनेर बिदा भए। भगवान अर्थात डाक्टर सुजन भएर सबैका प्रिय भए। पुन आएर सेवा गर्ने वाचा गर्दै भगवान हराए। उनले पुन आएर यस्तै सेवाभाव सहितको सेवा दिन सकुन भनेर सबैले कामना गरे।