लिखु तामाकोशी गाउँपालिका रामेछापको नागीमा निर्माणहुन लागेको अस्पताल पुन एकपटक विवादमा मुछिएको छ।

वडा “छ” का अध्यक्ष शिवप्रसाद न्यौपानेले पालिका अध्यक्ष गोविन्दबहादुर खडकाले करोडौंको ठेक्का कार्यपालिकाको निर्णय बिना ठेक्का प्रक्रियाको लागि आह्वान गरेको भन्दै आपत्ती जनाएका छन। सधै पेलेर जाने अध्यक्षको नियति यस पटक पनि देखिएको न्यौपानेले बताएका छन। कुनैपनि राष्ट्रिय दैनिकहरुमा सुचना प्रकाशित नगरी ,कार्यपालिकाबाट निर्णय नभई ठेक्का प्रक्रियामा जानुभनेको अध्यक्षले अनियमिता गर्ने नियत बनाएर एउटा अनलाइनमा सूचना प्रकाशितगरी ठेक्का आह्वान गरेको न्यौपानेले बताएका छन। उनी भन्छ्न करोडौको ठेक्का गोरखापत्रजस्ता पत्रिकामार्फत सूचना आह्वान गर्नुपर्ने थियो।अध्यक्ष खड्काले मनपरि गरे।

गाउँ पालिकाले आह्वान गरेको ठेक्का प्रकरणको प्रक्रियाबारेमा तिनलाल खबर डट कमले सुचना लिन खोज्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खडकासंग सल्लाह गरेर बताउने भन्दै पन्छीएका थिए।

संघबाट निर्माणकालागि आएको/छुट्टाएको पैसाबारे कार्यपालिकाले निर्णय गर्नु नपर्ने गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का बताउछ्न। खाडादेवी ,गोकुलगङ्गा र मन्थली नगरपालिका कुनैले कार्यपालिकाबाट निर्णय नगरेको बताउदै खडका भन्छ्न”हाम्रो कार्यपालिकामा एक करोडभन्दा कम रकमका आयोजना उपभोक्त समितिमार्फत र त्यसभन्दा माथिको रकमका आयोजना ठेक्कामार्फत गर्ने निर्णय भईसकेको छ ।एउटै प्रकृतीको निर्णय पटक -पटक गरिराख्नु पर्दैन।मैले बोलाएको कार्यपालिकाको बैठकबाट यो निर्णय भईसकेको छ। राष्ट्रिय दैनिक पत्रीका सौर्य दैनिकमा विज्ञापन प्रकाशित गरिसकेको छौ”

अध्यक्ष खडका व्यंग्य गर्दै भन्छ्न”जिल्लामा कुनैपनि कार्यपालिकाले निर्णय नगरि ठेक्का प्रक्रियामा गएका छन।मेरो कार्यपालिकामा निर्णय भएको छ। हाम्रा कार्यपालिका सदस्य आफै निर्णय गर्छ्न,आफै मुद्दा हाल्छ्न।

पुर्व प्रधानमन्त्री केपि ओलीको कार्यकालमा आएको हरेक गाउँपालिकामा एक अस्पताल निर्माण गर्ने निति अन्तर्गत नागीमा पन्ध्र शैयाको अस्पतालको शिलान्यास एमाले रामेछापका तत्कालीन अध्यक्षले गरेका थिए।