गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउको सातौंअधिवेशन निर्वाचन समितिले सन२०२१ देखि २०२३सम्मकालागि अध्यक्ष पदमा राजेस प्रसाईंलाई निर्बिरोध चयन गरेको छ।उनको प्रत्यासी उम्मेदवार निर्मला थापामगरको विरुद्धमा परेको उजुरीमाथी उनले प्रयाप्त प्रमाण दिन नसक्दा प्रसाईं निर्बिरोध विजयी भएका हुन।थापामगरले अध्यक्ष हुनको लागीगरिएको गैरकानुनी प्रयासको बारेमा यसअघि तिनलाल खबर डट कमले समाचार प्रकाशित गरेको थियो।त्यस्तै प्रथम उपाध्यक्षमा बिजयराज अर्याल ,द्वितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ ,महासचिवमा उत्तम गुरुङ ,सचीवमा शिव थापा,कोषाध्यक्षमा निरन्जन खडका,सहकोषाध्यक्षमा दिपक तामाङ ,युवा संयोजकमा अमृत गुरुङ ,महिला संयोजकमा कुमारी गुरुङ विजयी भएका छन।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्वाचन ,प्रमुख निर्वाचन आयुक्त विवेक जोशी ,सदस्यहरु बाबा भाइ र चिरञ्जीवी पौड्याल रहेको निर्वाचन समितिले आइ सी सी प्रतिनिधि मंगल बहादुर राई र शान्तिदेवी अधिकारीको उपस्तिथिमा निर्वाचन गरिएको जानकारी अन्तर्राष्ट्रिय समन्वय परिषद ,एसिया प्रान्तिय संयोजक र उपसंयोजकमार्फत जानकारी गराएको छ।
प्रतिक्रिया