०६६ सालमा खन्न सुरु गरिएको पाखावारी कामीगाउँ सडकको ऋण १२ बर्षपछी चुक्ता गरिएको पाखावारी कामी गाउँ सडक उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर थापाले बताएका छन।
लिखुतामाकोशी गाउँपालिका-६ रामेछाप ,साबिकको खिम्ती गाउँ बिकास समिति वडा नम्बर “पाँच ” मा उक्त सडक खन्दा लागेको ऋण २०७८ श्रावणमा मात्र चुक्ता गरिएको थियो।
तत्कालीन वडा अध्यक्ष तथा एमाले खिम्तीका नेता स्वर्गीय नेत्रबहादुर बरुवालले आफू ऋणी भएर उक्त सडकको नाका खोलाएका थिए । स्थानीय तहमा कसैले चासो नदिदा सडकको नाका खोल्दा उनलाई लागेको ऋण उनले तिर्न सकेका थिएनन। गत साल बरुवालको निधन भएको थियो।
हामी स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उपभोक्ता समितिले बर्षौदेखी मौज्दात रहेको ऋण तिरेको छ। अब स्वर्गीय बरुवालको आत्माले शान्ति पाउने वडा “छ” का अध्यक्ष शिवप्रसाद न्यौपानेले स्वर्गीय वरुवालको सडक खन्ने इच्छा पूरा भएकोमा खुशी व्यक्त गर्दै बताएका छन।
प्रतिक्रिया