नेकपा एमालेका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापाले एमाले जिल्ला कमिटी रापेछाप पार्टीका नेता, युवा र विद्यार्थीहरु बीच छलफल गरेका छन।
पार्टी कार्यलय मन्थली ,रामेछापमा थापाले पार्टीको नेतृत्व ,युवा तथा विद्यार्थीहरुका नेतासँग अनौपचारिक छलफल गरेका हुन।
छलफल कार्यक्रममा बोल्दै नेता थापाले भने” माधव कुमार नेपालका कारण पार्टीमा संकट पैदा भएको छ।नेपालको देउवालाई बिश्वासको मत संसदको रक्षाको लागि हैन एमाले समाप्त पार्न हो।”
पार्टीलाई संकटको समयमा जिम्मेवारीपुर्वक पार्टी हितमा कार्य गर्न सफल भएकोमा एमाले जिल्ला कमिटी र युवा नेतृत्वलाई नेता थापाले धन्यवाद दिएका थिए।
उनले अहिलेको युवा नेतृत्वले नै आगामी दिनमा पार्टीको नेतृत्व गर्नु पर्ने कुरामा जोड दिएका थिए। सन्तुलित र गतिशील नेतृत्व भएको रामेछापमा युवा नेतृत्वको निरन्तरता उपयुक्त हुने मन्तव्य थापाले उक्त छलफल कार्यक्रममा राखेका एमाले जिल्ला कमिटी नेता झम्क कँडेलले तिनलाल खबर डटकमलाई बताएका छ्न।
प्रतिक्रिया