रामेछाप ।बागमती प्रदेश सरकारद्वारा निर्माण सम्पन्न भएका रामेछापका सम्पुर्ण सडकहरूको एकसाथ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिकाको सित्खामा कार्यक्रम आयोजना भएको थियो।बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले रामेछापको सित्खाबाट संयुक्तरुपमा निर्माण सम्पन्न भएका सडकहरूको उद्घाटन गरेका हुन। उक्त सडकहरु उद्घाटन कार्यक्रममा पौडेल र ढुङ्गेल मुख्य अतिथि र विशेष अतिथि थिए।त्यस्तै भौतिक योजना मन्त्री रामेश्वर फुयाल खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तमाङ,उपाध्यक्ष मखमली श्रेष्ठ लगाएतले कार्यक्रममा आतिथ्य ग्रहण गरेका थिए ।                                                                       कार्यक्रममा उद्घाटन गरिएका सडकहरू              सित्खा,भिरपानी,गोगनपानी,फुल्पा,धुले,मेगर्पा,भदौरे,भोटनागी सडक ,मन्थली ,मदौ,रालटार,समलीथान,सालु सडक,सित्खा,आँपचौर,रायगाउँ सडकमन्थली भुत्याहाखोला,कठजोर सडक,मन्थली भलुवाजोर सडक,खिम्ती फर्पु नामाडी सडक,हलदे धोबी सडक लखनपुर गाल्वा मन्थली सडक फर्पु नामाडी बेताली रस्नालु ठोसे गर्जाङ सडक,मन्थली साँघुटार घोराखोरी सडक,कालोपोखरी सिँगटी च्यादल सडक, खैरेनीटार बेथान गाल्वा सडक मन्थली गाल्वा चौरीखोला सडक मन्थली चनखु वडाकार्यलय सडक खैरेनीटार राकाथुम गाल्वा दोरम्बा टोकरपुर गौश्वरा सडक