बागमती प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुलाई नेकपा एमाले रामेछापले स्वागत गरेको छ। जिल्ला समन्वय समितिको हल , मन्थलीमा आयोजना गरिएको स्वागत कार्यक्रममा एमाले रामेछापले मुख्यमन्त्री डोरमणी पौडेल ,आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल र भौतिक योजना मन्त्री रामेश्वर फुयाल र प्रदेश साम्सद शान्तिप्रसाद पौडेल लगाएतलाई स्वागत गरेको थियोे ।
रामेछाप एमाले सचीव पुरुषोत्तम कडरियाले कार्यक्रम सन्चालन गरेका थिए भने अध्यक्ष आनन्द श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।

         नेकपा माओवादी केन्द्र त्याग गरि नेकपा एमालेमा प्रवेश गरेका रमेस बरुवाल माओवादी केन्द्र वडा अध्यक्ष मन्थली नगरपालिका३ ,बिवेक के.सि. मनपा ३ ,नवराज खत्री र सुजन घिमिरे (नेपाली काङ्ग्रेस )लाई एमालेमा स्वागत गरिएको थियो।