नेकपा एमाले रामेछाप माधव समुहको नेताद्वय देवशङ्खर पौडेल र ज्ञानकुमार श्रेष्ठले बागमती प्रदेश सरकारद्वारा रामेछापमा कालोपत्रे निर्माण सम्पन्न भएको सडकको उद्घाटन गर्नुको औचित्य नरहेको बताएका छ्न।श्रावण बीस गते बागमती प्रदेशका मुख्यमन्त्रीको टोलीले सडकको उद्घाटन गरेका थिए ।
पौडेल र श्रेष्ठले आफ्नो मुहारपुस्तिकामा प्रदेश तिनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सस्तो लोकप्रियताकोलागि बर्षौ अगाडि उद्घाटन गरिएको सडक पुन उद्घाटन गर्नुलाई राज्यको स्रोत दुरुपयोग र भत्ताखाने मेलो बनाएको आरोप लगाएका छन।
सडकहरु उद्घाटन गर्नु मनको तृप्ती मेटाउ गरिएको संज्ञा दिदै ज्ञानकुमार श्रेष्ठ लेख्छ्न”प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु लर्को लागेर राज्यको स्रोतको दुरुपयोग गर्दै देखिन र भत्ता खान अनी आफ्नै नेताको नाम मेटाउन लाग्नु उपयुक्त होला? बिजय बहादुर मल्ल को अन्तिम भोज को कथा जस्तै भोली उज्यालो होला नहोला आज रात भरमा मनको तृप्ति मेटाउभन्ने गरेजस्तो के जरुरी ? बाँचियो भने टिक्न सकियो भने राजनीति गर्ने हरु मन्त्री फेरी पनि भैहालिन्छ नि । यो अन्तिम युद्ध नै त हैन होला!
आफ्नै पार्टी र सरकारले गरेको विकास देख्न नसक्ने र प्रचार गर्न नचाहने नेकपा एमालेको नेताकार्यकर्ता हुन नसक्ने मन्त्री कैलाश ढुङ्गेलले जिकिर गरेका छ्न। माधव समुहका नेता देवशङ्खर पौडेल र श्रेष्ठलाई इङ्कित गर्दै मन्त्री ढुङ्गेलले भन्छ्न “काठमाडौको बागबजारमा एउटा कोठाभित्र बसेर पार्टी र सरकारको लेखाजोखा नगरौ।”आफू मन्त्री भएपछि भएका विकास र पहिला मन्त्री भएकाले गरेको विकासलाई दाजेर छलफल गर्न आफुतयार रहेको मन्त्री ढुङ्गेलले एमाले रामेछापले मन्थलीमा आयोजना गरेको स्वागत कार्यक्रममा बताएका छ्न।
प्रतिक्रिया