प्रदेश तिनका भौतिक योजनामन्त्री रामेश्वर फुयालले भङ्गेरी ,रामेछापलाई कम्युनिस्टहरुको पर्यटकीय गन्तव्य स्थल बनाउनुपर्ने धारणा राखेका छन।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष तथा नेकपाको जन्मदाता पुष्पलाल श्रेष्ठको जन्मथलो भङ्गेरीलाई पर्यटकीय हब बनाउनुपर्ने मन्त्री फुयालले बताएका हुन।

नेकपा एमाले जिल्ला कमिटी रामेछापले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री फुयालले भने “रामेछापमै आएरपनि आफू भङ्गेरी जान नपाएकोमा नरमाइलोलागि रहेको छ।समय मिलाएर म अबस्य भङ्गेरीमा आउने छु।”