सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले रामेछापमा स्वास्थ्य सामाग्री वितरण गरेको छ।दुई नगरपालिका सहित सबै स्थानीय निकायलाई मन्त्रालयले स्वास्थ्य सामाग्री वितरण गरेको हो।जिल्ला समन्वय समितिको कार्यलय मन्थलीमा कार्यक्रम गरि स्वास्थ सामाग्री वितरण गरिएको थियो।

                    गाउन सेट११००पिस ,सामान्य माक्स ४००००पिस, एन ९५ माक्स ४००० ,इक्जामिनेसन ग्लोभ ६०००, सेफ्टी गगल्स १०००,डिस्पोजल क्याप ,ह्यान्ड सेनिटाईजर १२ वटा (१०लि),अक्सिजन कन्सनटेटर १० वटा अस्पताललाई नि शुल्क औषधि (२० लाख बराबर )एन्टीजेन किट्स १६००पिस रामेछाप अस्पताललाई पिसिआर(pcr) मेसिन र अक्सिजन प्लाट (५० nmq) आउदै ।लन्ड्री सेभ,अटो प्ले मेसिन लगाएतको सामाग्री सम्बन्धि जनप्रतिनिधिलाई बितरण गरिएको थियोे ।
    सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको स्वास्थ्य सामाग्री लिनकोलागि गोकुलगङ्गा गाउपालिका अध्यक्ष खड्गबहादुर सुनुवार ,लिखुतामाकोशी गाउँपालिका उपाध्यक्ष दिपशिखा दहाल,मन्थली नगरपालिकाका मेयर रमेस बस्नेत ,उपाध्यक्ष माया कार्की खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ,उपाध्यक्ष मखमली श्रेष्ठ र रामेछाप अस्पताल व्यवस्थापन समिति अध्यक्ष रोसन पाख्रीन लगाएतलाई स्वास्थ्य सामाग्री आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले हस्तान्तरण गरेका थिए।