काठमाडाैँ । नेकपा एमालेले १० सदस्यी कार्यदलले गरेको १० बुँदे सहमति स्वीकार गरेको २२ दिनपछि माधवकुमार नेपालले आफ्नो गुटको भेलाबाट पनि अनुमोदन गराएका छन । बिहीबार र शुक्रबार भएको नेपाल समूहको भेला कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको स्थायी कमिटीका सदस्य रघुजी पन्तले जानकारी दिए । उनले ठूलो मिहेनत गरेर तयार गरिएका कारण यसैको जगमा टेकेर पार्टी एकताको थप काम अघि बढाउने बताए ।                      सो समूहले अहिलेसम्म भएका १० बुँदे सहमतिहरूले एकताको आधार निर्माण गरेको भन्दै तिनको कार्यन्वयन गर्दै एकताका लागि थप निर्णय गर्न स्थायी समितिलाई जिम्मेवारी दिएको छ ।