राष्ट्रिय युवा संघ नेपाल र युथफोर्स नेपाल सुनापती रामेछापले गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा कमिटी गठन घोषणा कार्यक्रम हिजो सम्पन्न गरेको छ। भक्तपुरको सुर्यबिनायकमा आयोजना गरिएको भेलामा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले भने “एमालेले लडेको धरहरा उठायो।सुकेको रानीपोखरीमा पानी भर्यो।सुनापतीको उकालो सडकमा कालोपत्रे गर्यो।”

आफु प्रदेशको मन्त्री भएपछि ठुलै कसरत गरेर बजेट रामेछापको विकासमा ल्याएको भन्दै मन्त्री ढुङ्गेल सुनापती गाउँपालिका अध्यक्ष धावा लामालाई भन्छ्न “धावा जि मुख मिठाउदै खानेपानी ,सडक, कृषि मैले ल्याएको भन्दै हिड्नुहुन्छरे,नहिड्नुस।हुँदा हुँदा अरुको बारीमा फलेका जुनार,नास्पाती र चिलाउनेका रुखपनि मैले ल्याएको भन्नुहुन्छरे,नभन्नुस।”

एउटा साथीको छातीमा ढुङ्गा राखी अर्को साथीले घनले हान्दा त “आइया आथा” नहुने सुनापतीका जनतालाई मैले ल्याएको भन्दै नझुक्काउनुस, धावाजी अबको एक बर्षभित्र रामेछापमा सबै बाटो कालोपत्रे हुन्छ।धुले बाटो मा हिडेर धुलो टक्टकाउदै कसैले भोट माग्न हिड्नु पर्दैन। मन्त्री ढुङ्गेलले आफ्नो मन्तव्यमा भनेका छ्न।