राष्ट्रिय युवा संघ नेपाल र युथफोर्स नेपाल सुनापती रामेछापले गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा कमिटी गठन घोषणा कार्यक्रम हिजो सम्पन्न गरेको छ। भक्तपुरको सुर्यबिनायकमा आयोजना गरिएको भेलामा माओवादी केन्द्र त्याग गरेका एमालेका नवप्रवेसी राजकुमार लामा भन्छ्न”माओवादी केन्द्रमा कार्यकर्ता लाई दास र जनतालाई रैती ठानिदो रहेछ।बिगत धेरै बर्षदेखी हामी माओवादी केन्द्रको दास भयौ,आज हामीले दासत्वबाट मुक्ति पाएका छौं ।दासत्वबाट मुक्ति पाएको खुसीयालीमा हामी सुनापतीमा दिपावली गर्छौं ।”

हामी राता मान्छे सुनापतीमा माओवादी र काङ्ग्रेस खाली गर्न एमाले भित्र गुटउपगुट नभनी लाग्छौ।सिङ्गो पार्टी निर्माणमा लाग्ने प्रतीवद्दता जाहेर गर्छौ र अधिनायकवादी पार्टीलाई सुनापतीमा शुन्यमा झार्न लागि पर्छौ।