राष्ट्रिय युवा संघ नेपाल र युथफोर्स नेपाल सुनापती रामेछापले गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा कमिटी गठन घोषणा कार्यक्रम हिजो सम्पन्न गरेको छ। भक्तपुरको सुर्यबिनायकमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ भन्छ्न” नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा सम्माहित हुने सबैलाई योग्यता ,क्षमता र कार्यदक्षताको आधारमा संगठनमा उचित जिम्मेवारी प्रदान गरिने छ।”

मुलुक र रामेछापलाई समृद्ध बनाउन ,छुवाछूतमुक्त समाजको निर्माणार्थ र पिछडिएका जनतालाई अधिकार उपलब्ध गराउन एमाले सधै लागिरहेको बताउदै श्रेष्ठ भन्छन् “हतियार र निश्चिति शक्तिको वलमा मानिस र देशलाई क्षणिक कब्जामा लिन सकिन्छ तर मानिस र समाज रुपान्तरण गर्ने काम असाध्यै कठिन छ।समाज र युवालाई चेतनायुक्त बनाएर रामेछाप र मुलुकको समृद्धि गर्न नेकपा एमाले चाहन्छ।”                                                                                                              पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारले गरेका कामको ब्याख्या र विपक्ष गठबन्धनको आरोपको खण्डन गर्दै अध्यक्ष श्रेष्ठ भन्छ्न” रेलमार्ग,सुरुङमार्गको थालनी हुनु,अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार ल्याउनु ,जनतालाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु,समृद्ध मुलुक बनाउने लोकप्रिय बजेट ल्याउनु, युवाहरूलाई रोजगारी प्रदान गर्न उद्योग कलकारखाना खोल्नु कलाकारहरुलाई कलाको माध्यमबाट बाच्न सक्ने अवस्थाको वातावरण तयार पार्न लाग्नु ,शैक्षिक संस्थाहरुआधुनिक बनाउनु र गुणस्तरीय शिक्षा पाउने व्यबस्था गर्नु प्रतिगमन हो भने हामीलाई प्रतिगमन स्विकार्य छ।”